६ आश्विन २०८३, मंगलवार

 

बागलुङ बजारमा हँसिया प्रहार, एक जना गम्भीर घाइते, आरोपी पक्राउ

बागलुङ । बागलुङ नगरपालिका–३ देउरालीचोकमा बाट एक जना गम्भीर घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक घर भई देउरालीचोकमा बस्दै आएका टिकाराम राईले सोमबार साँझ हँसिया प्रहार गर्दा सिन्धुपाल्चोककै सोमबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।

हँसिया प्रहारबाट घाइते श्रेष्ठको धौलागिरि अस्पतालमा सामान्य उपचार गरिएको थियो । अवस्था गम्भीर रहेपछि थप उपचारका लागि उनलाई पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

घटनामा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung