७ आश्विन २०८३, बुधबार

 

कांग्रेस ढोरपाटन नगर सभापतिमा दिपक अदै सर्वसम्मत

बागलुङ । नेपाली कांग्रेस ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दिपक अदै सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न ढोरपाटन नगर अधिवेशनले अदैलाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।
आज सम्पन्न नगर अधिवेशनबाट अदैको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो ।

अधिवेशनले ढोरपाटनको नगर उपसभापतिमा श्याम विक, कमला विक, सचिवमा गंगा केसी र सह–सचिवमा कृष्ण बुढा चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung