बागलुङ । नेपाली कांग्रेस जैमिनी नगरपालिकाको नगर सभापतिमा काशीराम आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न जैमिनी नगर अधिवेशनले आचार्यलाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनबाट नगर सभापतिमा निर्वाचित आचार्यसहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत भएको नेपाली कांग्रेसका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।
उपसभापतिमा गोविन्दबहादुर शाही, उपसभापतिमा जमुना कँडेल सापकोटा, सचिवमा ओमकार शर्मा र सह–सचिवमा रनबहादुर क्षत्री चयन हुनुभएको छ ।
















































































































































































