८ आश्विन २०८३, बिहीबार

 

कांग्रेस बागलुङ नगर सभापतिमा नारायण पौडेल सर्वसम्मत

बागलुङ । नेपाली कांग्रेस बागलुङ नगर सभापतिमा नारायण पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

बुधबारदेखि सुरु भएको नगर अधिवेशनमा सभापति पदका लागि वर्तमान उपसभापति पौडेलसहित तीन जनाको उम्मेदवारी परेको थियो।

सभापतिका उम्मेदवार आशिक राजभण्डारी र नारायणप्रसाद श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि पौडेल सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत गीता कुमारी लामिछानेले जानकारी दिनुभयो।

त्यसैगरी खुला उपसभापतिमा हायश्यवर सुवेदी ‘रवि’ र महिला उपसभापतिमा सिर्जना अधिकारी पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

सचिव पदमा कमला बोहोरा र अर्जुन सापकोटाको उम्मेदवारी परेकोमा सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि बोहोरा सर्वसम्मत निर्वाचित हुनुभएको हो। नगर सभापति र सचिव पदबाहेक अन्य सबै पदमा एकल उम्मेदवारी परेको थियो।

समितिको सहसचिवमा दिपेन्द्र गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ।

सदस्यहरूमा कृष्ण गिरी, सुमित्रा शर्मा, सीता बोहोरा, डा. कल्पना लिम्बु, कृष्ण आचार्य, पूजा आचार्य, भरतकुमार सापकोटा, रूपा किसान, शोभाखर सापकोटा, गणेश केसी, सीतादेवी शर्मा, भोजबहादुर जिसी, प्रेमराज पौडेल, नन्दकली परियार, डिल्लीराज जैसी, अमृता थापा, चन्द्रबहादुर थापा, प्रतिभा केसी, नरप्रसाद शर्मा, नारायणी शर्मा, सुनिल केसी, अनुप रिजाल, स्नेहा सापकोटा, अषिस बोसेल र सृष्टि परियार सर्वसम्मत निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung