बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं. १ (क) बाट २५ वर्षीय अनिश घर्तीले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
बागलुङ नगरपालिका–८ निवासी घर्ती धवलागिरि बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छन्।
युवा पुस्ताको सहभागितालाई प्राथमिकता दिँदै उनले पार्टी संगठनलाई थप सुदृढ बनाउने र कांग्रेसका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
महाधिवेशनको अवसरमा घर्तीले कांग्रेसका सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकहरूलाई शुभकामना व्यक्त गर्दै आफ्नो उम्मेदवारीमा साथ, सहयोग र सद्भावको अपेक्षा गरेका छन्।
यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीका विभिन्न तहमा प्रतिनिधित्वको अवसर दिने व्यवस्था गरेको छ।
















































































































































































