१२ आश्विन २०८३, सोमबार

 

ताराखोलामा पहिरोले पुर्दा दुई जनाको मृत्यु

बागलुङ । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । बागलुङको ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

पहिरोले घर परिदा ५५ वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो ।

पहिरोमा परीमा पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उहाँले बताउनुभयो । बागलुङमा अविरल वर्षापछि आएको विपद्मा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ भने विपद्मा परि एक जना वेपत्ता हुनुभएको छ ।

शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो । थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक वेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung