बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारीले बागलुङ नगरपालिका-२ श्रीनगरटोल निवासी टिकाराम सापकोटाको स्मृतिमा सोमबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
बागलुङ नगरपालिका-३ किनारा टोलमा सञ्चालनमा रहेको नयाँ विश्व बचत तथा ऋण सहकारीका कोषाध्यक्ष चुडामणि सापकोटाको पुजनिय बुबा, सेयर सदस्य श्रीमती सुस्मिता अधिकारी सापकोटाको ससुरा बुबा, सम्पदा सापकोटा, समृद्धि सापकोटा, संस्कार सापकोटाको हजुर बुबा प्रति नयाँ विश्व बचत तथा ऋण सहकारीका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार राजिव घिमिरे र कार्यसमिति सदस्य माधव शर्मा, शिव शंकर शाह, ऋण उपसमितिका संयोजक मनकाजि विश्वकर्मा, सदस्य यामलाल आचार्यले सापकोटा प्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु गरेका थिए ।
सापकोटाको ९१ वर्षको उमेरमा गत असोज ४ गते देहावसान भएको थियो ।
श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट भाई चुडामणि सापकोटाले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन नयाँ विश्व बचत तथा ऋण सहकारीका कार्यसमिति सदस्य शिव शंकर शाहले गर्नु भएको थियो ।

















































































































































































