१५ आश्विन २०८३, बिहीबार

 

पहिरोमा बेपत्ता विकको शव फेला, बागलुङमा मृतकको संख्या १३ पुग्यो

बागलुङ । असोज ११ गते आएको पहिरोले घर बगाउँदा बेपत्ता भएकी तमानखोला गाउँपालिका–४ सन्तरकी ५३ वर्षीया पुनसरा विकको शव आज फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार विकको शव फेला परेसँगै अविरल वर्षापछि आएको बाढीपहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच जना, तमानखोला गाउँपालिकामा पाँच जना र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung