२० आश्विन २०८३, मंगलवार

 

कांग्रेस सह-महामन्त्रीमा डिल्लीराम सुवेदीको उम्मेदवारी दर्ता

२० असोज, बागलुङ । नेपाली कांग्रेसको सह-महामन्त्री पदमा डिल्लीराम सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । सुवेदीले मंगलबार दिउँसो खुलातर्फ सह-महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका सुवेदीले जनता र पार्टीका कार्यकर्ताप्रति जवाफदेही, नवीन पार्टी निर्माण, युवा नेतृत्व र पुस्तान्तरणलाई मुख्य एजेण्डा बनाएर उम्मेदवारी दिएको बताएका छन् ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा उदाएका सुवेदी संगठन निर्माणसँगै वैचारिक बहस र अध्ययनमा रुचि राख्ने नेताका रूपमा चिनिन्छन् । उनले पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन संगठनलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

सुवेदी २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक बनेका थिए ।

विद्यार्थी राजनीतिमा सक्रिय हुँदै कांग्रेसको मूल राजनीतिमा आएका उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा बागलुङ–१ (२) बाट निर्वाचित भएर गण्डकी प्रदेशसभामा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung