२० आश्विन २०८३, मंगलवार

 

कांग्रेस केन्द्रीय सदस्यमा जगदिशचन्द्र उपाध्यायले दिए उम्मेदवारी

२० असोज, बागलुङ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा बागलुङका जगदिशचन्द्र उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् ।

उपाध्यायले मंगलबार दिउँसो खस आर्य खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उनले सक्षम नेतृत्व, जनता तथा पार्टीका कार्यकर्ताप्रति जवाफदेही पार्टी, शुद्ढ संगठन र समृद्ध नेपाली कांग्रेस निर्माणलाई आफ्नो उम्मेदवारीका मुख्य एजेण्डा बनाएका छन् ।

पञ्चायतकालमै २०३८ सालदेखि नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिमा सक्रिय उपाध्याय २०४७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । उनी संगठन निर्माण तथा वैचारिक बहसमा रुचि राख्ने नेताका रूपमा परिचित छन् ।

उपाध्यायले नेपाली कांग्रेस बागलुङको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung