२१ आश्विन २०८३, बुधबार

 

कांग्रेस केन्द्रीय सदस्यका लागि गण्डकी थापा अधिकारी मैदानमा

बागलुङ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा बागलुङ, बडिगाडकी गण्डकी थापा अधिकारीले उम्मेदवारी दर्ता गरेकी छन् ।

अधिकारीले मंगलबार खुला महिला समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनले जनताको मनोविज्ञान बुझ्ने नेतृत्व, पार्टीमा महिलाको स्थान सुनिश्चि गर्नु, गौरवपूर्ण नेपाली कांग्रेसको विरासतको रक्षा र नवीन पार्टी निर्माणलाई आफ्नो उम्मेदवारीका मुख्य एजेण्डा बनाएकी छन् ।

नेपाल महिला संघमार्फत कांग्रेसको राजनीतिमा उदाएकी अधिकारी विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनी बडिगाड गाउँपालिकाकी अध्यक्षसमेत हुन् ।

संगठन निर्माण तथा विकास निर्माणमा रुचि राख्ने अधिकारी जनतासँग घुलमिल भएर काम गर्ने नेताका रूपमा परिचित छिन् ।

अधिकारीले नेपाली कांग्रेस बागलुङको सचिवको जिम्मेवारीसमेत सम्हालिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung