२४ आश्विन २०८३, शनिबार

 

शंखधर बहुमुखी सहकारीद्वारा विष्णु कुमारी श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ । शंखधर बहुमुखी सहकारीले बागलुङ नगरपालिका-३ सुल्डाँडा निवासी विष्णु कुमारी श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

बागलुङ नगरपालिका-२ मिलिजुलि टोलमा सञ्चालनमा रहेको शंखधर बहुमुखी सहकारीका सेयर सदस्य वीरेन्द्र कुमार श्रेष्ठको पुजनिय आमा प्रति नयाँ शंखधर बहुमुखी सहकारीका अध्यक्ष युक्त जंग राजभण्डारी, सचिव निरज शाक्य, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ, सहचिव विन्दु सागर राजभण्डारी, संचालक सदस्य विक्रम शाक्य, पूर्वअध्यक्ष रतन मलेपती, सल्लाहकार ईश्वर मलेपतीले र प्रबन्धक क्युरिना शाक्यले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका थिए ।

श्रेष्ठको ८३ वर्षको उमेरमा गत असोज १२ गते देहावसान भएको थियो ।

श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा वीरेन्द्र कुमार श्रेष्ठले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung