बागलुङ। लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी कात्तिक १५ देखि लागू हुने गरी (सीईओ)मा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकको असोज २७ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको ३३०औं बैठकले भट्टराईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकले चार वर्षे कार्यकालको नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुने जनाएको छ।
भट्टराई सोही बैंकका सिनियर (डीसीईओ) तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए।



















































































































































































