बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सागर परियार केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् । परियारले दलित खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए ।
दलित क्लस्टरतर्फ आठ पदका लागि ३२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकामा परियारसहित आठ जना निर्वाचित भएका हुन् ।
दलित क्लस्टरतर्फ डा. डीबी सुनार, सागर परियार, हरिशरण नेपाली, शिवबहादुर सुनार, मन्जित ताम्राकार, राजु परियार, अम्मरबहादुर बराइली र दीपक सोनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
पूर्वविद्यार्थी नेता परियार विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका हुन् ।
जगदीशचन्द्र उपाध्याय र सागर परियार केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै नेपाली कांग्रेसको केन्द्रीय तहमा बागलुङको प्रतिनिधित्व गर्ने नेताको संख्या चार पुगेको छ ।



















































































































































































