३० आश्विन २०८३, शुक्रबार

 

पूर्वराज्यमन्त्री चम्पादेवी खड्का कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पूर्वराज्यमन्त्री चम्पादेवी खड्का केन्द्रीय सदस्य पदमा पुनः निर्वाचित हुनुभएको छ ।

खड्काले खस आर्य महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको थियो । उहाँ यसअघि विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य बन्नुभएको थियो ।

खड्का सहकारी तथा गरिबी निवारण राज्यमन्त्रीको जिम्मेवारीमा समेत रहिसक्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung