१ कार्तिक २०८३, शनिबार

 

कांग्रेस बागलुङ क्षेत्र नं. १ को सभापतिमा केशव थापा सर्वसम्मत

बागलुङ । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा केशव थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ।

शुक्रबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो।

थापाको नेतृत्वमा क्षेत्रीय समितिले पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ।

क्षेत्रीय अधिवेशनले पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित बनाउँदै आगामी महाधिवेशनका लागि आवश्यक नेतृत्व चयन प्रक्रिया अघि बढाएको छ।

साथै अधिवेशनबाट बागलुङ नगरपालिकाको सभातिमा युवराज राजभण्डारी, जैमिनी नगरपालिकाको सभापतिमा वैकुण्ठ आचार्य, काठेखोला गाउँपालिकाको सभापतिमा प्रेम थापा र बरेङ गाउँपालिकाको सभापतिमा पूर्णप्रसाद न्यौपाने चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung