२९ बैशाख २०८२, सोमबार

 

द्दन्द्वपिडितको रणनितिका लागि छलफल कार्यक्रम सम्पन्न

 

हरि शर्मा

म्याग्दी चैत्र १०
सत्कर्म नेपाल र द्दन्दपिडित अधिकार समाज म्याग्दीको आयोजनामा द्दन्दपिडितको सवाल र संक्रमणकालिन न्याय भावी रणनिति बारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।
छलफल कार्यक्रममां संक्रमणकालिन न्याय र द्दन्दपिडितको भावी सवाल र मुद्दाहरु बारे छलफल गरी पीडितहरुको बारेमा जानकार िलिने उदेश्य रहेकोे सत्कर्म नेपालका निर्देशक सिताराम थापाले बताए । छलफलमां पीडितको न्याय प्रकृयाको चाहाना, स्तरीकरण, परीपुरण रणनिति, न्याय पाउनुपर्ने, स्मरणका कार्य आयआर्जन सहित एकिकृत कार्यक्रमको आवश्यकता भएको द्दन्दपीडित सुरेन्द्र केसिले बताए । त्यसैगरी राहात परिपुरण सिफारिसका लागि आयोग र मन्त्रालय सम्म पिडित परिचालन गरि न्याय सुनिश्चित गर्नु पर्ने बेनी आक्रमणमां परेर हाल सम्म रनहात नपाएका कृष्णलाल श्रेष्ठले बताए । दुर्गममा रहेका पिडितको न्याय परिपुरणमा पहुच अभिबृद्दि गर्नका लागि पहल गर्नपर्ने द्दन्दपिडितहरु बताउँछन ।
पिडितहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले समयमां काम नगर्नाले झनै द्दन्द हुने र अन्तराष्ट्यि कानुन क्षेत्राधिकारका लागि समेत आब्हान गर्ने पिडितको गुनासो छ ।
कार्यक्रममा सत्कर्म नेपालका कार्यकारी निर्देशक सिताराम थापाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम द्दन्दपिडित समाजका उपाध्यक्ष नरससिंह के.सि. को अध्यक्षता र कार्यक्रम संयोजक श्रीकृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung