३ जेष्ठ २०८१, बिहीबार

 

स्थानिय तहको निर्वाचनको वातावरण निमार्ण गर्न राष्ट्रिय सहमति आवश्यक छ — केस गुरुङ

थम्मन थापा
गलकोट,१३ बागलुङ
नेकपा माओबादी केन्द्रिय सदस्य तथा प्रदेश नं ४ का ईन्चार्ज देब गुरुङले स्थानिय तहको निर्वाचनको बातबरण निमार्ण गर्न राष्ट्रिय सहमतिको अधिकतम प्रयास भएको बताउनुभयो । प्रेस सेन्टर नेपाल गलकोट नगरपालीका नगर कमिटिको आयोजनामा गरको पत्रकार भेटघाट कार्यक्रममा पुर्ब स्थानिय बिकास मन्त्री समेत रहनुभएका गुरुङले संबिधानका केही कुराहरु अधुरा रहेको बताउदै राष्टिय सहमति कायम गरि स्थानिकायको निर्वाचनको बातबरण निमार्ण गर्नअधिकतम प्रयास गरिरहेको बताउनु भयो ।

मुलुकको राष्ट्रीय स्वाधिनताको लागी राष्ट्रिय सहमति आबश्यक रहको बताउदै उहाले बिकास गर्न स्थानिय तह हरुको तल्काल निमार्ण गर्न आवश्यक रहेको र स्थानिय तहको निमाणले देशको बिकास तथा राजिनितिमा समेत स्थीरता र स्थाईत्व प्रदान गर्ने दाबी गर्नु भयो ।

सो अबसरमा स्थानिय निकायको निबार्चन, माओबादी केन्द्रको योजनाको बारमेमा पत्रकारले जिज्ञासा राखेका थिए । पत्रकार भेटघाट कार्यक्रम प्रेस सेन्टर नेपाल गलकोट नगर कमटिका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सदस्य सरिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्