२८ बैशाख २०८१, शुक्रबार

 

युवा नेता शाहको हत्याको विरोधमा धवलागिरी क्याम्पसमा प्रदर्शन

नेपाल विद्यार्थी संघमा पूर्व केन्द्रिय सदस्य तथा नेपाली काँग्रेस जाजरकोटका युवा नेता रविन्द्र शाहको विभत्स हत्या गरिएको भन्दै नेपाल विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विहिबार कालो झन्डा देखाएर घटनाको निन्दा एवं विरोध सभा गरेका छन । मुलुक लोकतन्त्र संस्थागत गर्न स्थानीय चुनावमा उन्मुख भइरहेका बेला लोकतन्त्र र विद्यार्थी आन्दोलनका एक होनहार योद्धाको दिनदाहाडै भएको हत्याको विरोध गर्दै हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै विरोध सभा गरिएको थियो ।

विरोध प्रदर्शनमा उपस्थिति विद्यार्थीहरुले नाराबाजी समेत गरका थिए । सो अवसरमा नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्माले मुलुक लोकतान्त्रि प्रणालीमा गइसकेको अवस्थामा तथा हत्या हिसां रहितको सामाजिक लोकतन्त्र संस्थागत हुने संघारमा देश पुगेको अवस्थामा पनि निर्दोष माथि दिनदहाडै हत्या हुनु गैरलोकतान्त्रिक र निन्दनीय रहेकाले कायरतापूर्ण घटनाको हत्याराको छानवीन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताए ।सो अवसरमा स्ववियु सभापति मनबहादुर थापा मनिषले कायरतापूर्ण घटनाको घोर भत्र्सना गर्दै हत्यारालाइ कारबाही गर्न नेपाल सरकारको ध्यान जानु पर्ने बताए ।

स्तै नेपाल विद्यार्थी संघका अध्यक्ष खड्क थापाले दोषी उपर कडा कारबाहीकोे माग गर्दै यस्ता खालका घटनाहरु हुन नदिन हामी लाग्नुपर्ने बताए । मंगलबार जाजरकोटको थाप्ले नजिक बाटो हिडिरहेको बेला अज्ञात समुहद्धारा रविन्द्र शाहको टाउकोमा ढुंगा प्रहार गरी भिरबाट फालेर विभत्स हत्या गरिएको थियो । विरोध स्वरुप चैत्र १८ गते विहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा शान्ति शुव्यवस्थाको माग गर्दै ज्ञापन पत्र बुझाइने नेपाल विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पस इकाइ सभापति दिनेश पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्