सन्तोष गौतम, बेनी – बेनीको खुल्ला मञ्चमा आईतबार सम्पन्न प्रथम धौलागिरी सांस्कृती महोत्सवमा दुई करोडको कारोबार भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरीले आयोजना गरेको महोत्सव दश दिनसम्म सञ्चालन भएको थियो । एक लाख जना भन्दा बढी दर्शकहरुले अवलोकन गरेको महोत्सवमा दुई करोडको हाराहारीमा आर्थिक कारोबार भएको आर्थिक संयोजक कृष्ण अखेलीले बताए
टिकट बिक्री, महोत्सव स्थलमा रहेका होटल तथा स्टलहरुमा भएको ब्यापारका आधारमा दुई करोडको कारोबार भएको उनले बताए । महोत्सवमा पचास रुपैया दरका पन्ध्र लाख बराबरको प्रवेश टिकट बिक्री भएको छ । १४० वटा स्टल रहेका थिए ।
महोत्सव अवलोकनका लागि म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की लगायतका जिल्लाबाट दर्शकहरु आएका थिए । लोक संस्कृतीको संरक्षण, नव प्रतीभाको पहिचान र आन्तरीक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा एकल गायन, खुल्ला नृत्य, सालैजो नृत्य, भजन, महिला, पुरुष भलिबल प्रतियोगिता आयोजना गरीएको थियो ।
य
खड्ग गर्बुजा, पशुपती शर्मा, राजु परियार, प्रजापती पराजुली, शंकर बिसी, पार्वती राई, प्रजापती पराजुली लगायत १५० जना भन्दा बढी राष्ट्रिय कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका सांस्कृतीक संयोजक राजेश बर्देवाले जानकारी दिए ।
टिकट बिक्रीबाट भएको आम्दानी बचत गरेर कलाकार कल्याणकारी कोष स्थापना गरिने प्रतिष्ठानले जनाएको छ । लोक गायन प्रतियोगितामा रमेश परियार प्रथम र विजय परियार दितृय, खुल्ला नृत्यमा तारा थापा प्रथम, रोहन भण्डारी दितृय र सुकदेवी गर्बुजा तितृय भएका छन् ।
सालैजो नृत्यमा म्याग्दी प्रथम र सिस्स स्पोर्टस कल्व मुस्ताङ दितृय, भजनमा गणेश मण्डली प्रथम, युवा धार्मीक समूह दितृय र बागलुङ कालीका भजन समूह दितृय भएका छन् । 
पुरुष भलिबलमा बागलुङ प्रथम, पर्वत दितृय, महिलामा म्याग्दी प्रथम र पर्वत दितृय भएका थिए । मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता र महासचिव पूर्ण पहाडीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बिजयी टोलीलाई पुरस्कार वितरण गरेका थिए ।













































































































































































































