१ जेष्ठ २०८१, मंगलवार

 

सामसुङले नोट सेभेन फेरि बजारमा ल्याउदै

विश्व प्रसिद्ध प्रविधि कम्पनी सामसुङले ग्यालेक्सी नोट सेभेन फेरि बजारमा ल्याउदै छ । सामसुङले एक विज्ञप्ति मार्फत ग्यालेक्सी नोट सेभेनलाई बजार लैजाने घोषणा गरेको हो । नोट सेभेन फोन पड्किन थालेपछि एयर लायन्स कम्पनीहरूले हवाई यात्रामा प्रतिवन्ध लगाएपछि सामसुङ कम्पनीलाई ठुलो धक्का लागेको थियो ।

यसको फाइदा अरू स्मार्ट मोबाईल कम्पनीहरूलाई भएको थियो । सामसुङ कम्पनीले बजारबाट फिर्ता लिएको ४३ लाख मोबाईल डिभाइसलाई व्यवस्थापन गर्ने तरीका समेत सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट सेभेन पड्किन थालेपछि कम्पनीले बजारबाट सबै फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्