स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखका लागि मुख्य राजनितिक दलले कस्लाई उम्मेद्वार बनाउलान् भन्ने चर्चा निकै बढेको छ ।
बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को प्रशासनिक तथा व्यापारिक केन्द्र बुर्तिबाङ बजारलाई केन्द्र मानेर बनार्ईएको ढोरपाटन नगरपालिकामा को–को उम्मेदवार बन्नलान् भन्ने जिज्ञासासँगै आकांक्षीहरुको चर्चा पनि उत्तिकै छ । स्थानीय पुर्नसंरचनाका क्रममा साबिका ४ गाविस समेटेर ढोरपाटन नगरपालिका कायम भएपछि स्थानीय तहको निर्वाचनमा पश्चिममा रहेका अरु तीन गाउँपालिका भन्दा ढोरपाटन नगरपालिकाले चर्चा र महत्व पाएको छ ।
स्थानीय चुनाव नजिकिदै जाँदा नेपाली काँग्रेस भित्र आधा दर्जन बढिको आकांक्षी रहेको कार्यकर्ता विच चर्चा हुने गरेको छ । महाधिवेशन प्रतिनिधिहरु धिरप्रताप सिंह, अर्जुन शेरचन, सागर छन्त्याल, जित शेरचन, सिंहबहादुर राना र पुर्बजिल्ला कार्यसमिति सदस्य मेषलाल शर्मा लगायतकोे चर्चा छ । 

क्षेत्रीय सभापती द्रोणकुमार कुँवरको नाम पनि चर्चामा छ तर कुँवरले आफु मेयरको दावेदार नभएको बताउनुभएको छ । काँग्रेसमा उम्मेद्वारी दिन चाहनेविच सबैभन्दा बढि रस्साकस्सि रहेको स्वयं नेताहरु नै बताउँछन् ।
प्रमुख प्रतिपक्षि नेकपा एमालेमा संघिय मालिया तथा स्थानिय विभाग प्रदेश नम्बर–४ का सदस्य टंकप्रसाद पौडेल, जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन र जिल्ला सदस्य वीरबहादुर विश्वकर्माको चर्चा रहेको छ । 
नेकपा माओवादी केन्द्रमा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य चन्द्र आर्याल र केन्द्रिय सल्लाहकार शेरमान घर्तीको नाम चर्चामा छ ।
यसअघि दोस्रो संविधानसभा निर्वाचनमा दोस्रो स्थान प्राप्त गर्नुभएका माओवादी नेता तुल्सिराम अर्यालको नाम ढोरपाटन नगरको प्रमुखका लागि चर्चामा रहेपनि अर्यालले आफ्नो चाहना नरहेको बताएका छन । 
यसैगरी राष्ट्रिय जनमोर्चा भित्र जिल्ला सदस्य गौरिश्वर पाण्डे मेयरको उम्मेद्वारी पनि चर्चामा रहेको छ ।
झण्डै दुई दशक पछि स्थानीय निकायलाई संघीय संरचनाअनुसार बढि अधिकार सम्पन्न बनाएपछि हुन लागेको निर्वाचन भएका कारणले पनि यो स्थानीय निर्वाचनमा धेरै उम्मेद्वारहरुले आफ्नो दावी प्रस्तुत गरेको नेपाली काग्रेसका क्षेत्रीय सभापति द्रोण कँुवरले बताए ।













































































































































































































