२९ बैशाख २०८१, शनिबार

 

नेकपा माओवादी केन्द्र ताराखोलामा प्रथम गाउँ सम्मेलन सुरु

नेकपा माओवादी ताराखोला गाउँपालिकाको प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादीका केन्द्रिय कार्यालय सदस्य तथा ४ नम्वर प्रदेशका इन्चार्ज देव गुरुङले सिंहदरवारको सेवा स्थानीय निर्वाचनमार्फत गाउँ गाउँमा विकेन्द्रित गर्ने कार्य सुरु हुन लागेको बताए ।

जनताको अधिकार संविद्यानमा लिपिबद्ध गरी स्थानीय निर्वाचन मार्फत जनतालाई विकास मार्फत आर्थिक समृद्धि दिन नेकपा माओवादी केन्द्र लागेको बताए । सो अवसरमा नेकपा माओवादी पोलिट्व्यूरो सदस्य लिला थापा,जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागर,केन्द्रिय सदस्य प्रकाश घर्ती,अनेमसंघ क्रान्तिकारीका अध्यक्ष भविकला रोका ,केन्द्रिय सदस्य निरमाया शिरिष लगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता ताराखोला गाउँपालिका इन्चार्ज धनबहादुर विक हिमाल, स्वागत ताराखोला गाउँपालिकाकी सहसंयोजक पेमा घर्ती र सञ्चालन संयोजक नरेश केसीले गरेका थिए । ताराखोला वडा नम्वर ४ को आमासमुहको भवनमा बन्द शत्र सुरु भएको गाउँपालिका इन्चार्ज धनबहादुर विक हिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्