४ श्रावण २०८३, सोमबार

 

एमालेमा गाउँ र नगरबाट सिफारीस आउने क्रम जारी,चुनावी प्रचारको लागि तोकियो पत्रकारहरुलाई जिम्मेवारी

एमालेको गाउँ तथा नगरपालिकाबाट प्रमुख तथा उपप्रमुखको सिफारीस आउने क्रम जारी रहेको छ । वडा अध्यक्ष तथा सदस्यको अन्तिम निर्णय आगामी बैशाख १० र ११ गते बस्ने बैठकले गर्ने र प्रमुख र उपप्रमुखको सन्दर्भमा सम्भव भएसम्म सर्वसम्मत गर्ने नभएमा उपलव्ध नामहरु प्रदेशमा सिफारिस गर्नेे सचिव लालबहादुर थापाले बताए ।

त्यस्तैगरी आज बसेको एमालेको प्रचार विभाग बैठकले चुनावी प्रचार प्रसारलाई व्यवस्थित गर्न नगरपालिका पत्रकारहरुलाई प्रतिनिधी तोकेको छ । जसमध्ये बागलुङ नगरपालिकामा रविना बोहरा,गलकोट र ताराखोलाको लागि बालकृष्ण सुवेदी,जैमिनीको लागि विक्रम सुनार,तमान र बुर्तिबाङमा डम्मर बुढा,बरेङको लागि सुवाश गौतम,निसीखोलामा हिरामति घर्ती,काठेखोलामा अर्जुन कार्की,बढिगाडमा कमल पौडेललाई जिम्मेवारी दिइएको छ । बैठक प्रचार विभाग प्रमुख धनबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung