२ जेष्ठ २०८१, बुधबार

 

सचिन तेन्दुलकरकाे जीवनीमा अाधारित फिल्म अाउदै

 विश्व प्रसिद्ध भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरकाे जीवनीमा अाधारित फिल्म छिट्टै प्रदर्शन हुदै छ।

जेम्स एर्सकिनले निर्देशन गरेकाे फिल्ममा सचिनलाई युवा खेलाडीदेखि विश्व क्रिकेटकाे महान खेलाडीसम्मकाे इतिहास देखाईएकाे छ । चार वर्ष लगाएर बनाईएकाे यस फिल्ममा सचिनकाे परिवार, साथीहरू ,क्रिकेट खेलाडीहरू विराट काेहली र महेन्द्रसिह धाेनीकाे अन्तरंग वार्ताकाे दृष्य समेटिएको छ ।  भारतका लागि दुई सय टेस्ट खेलेका सचिनले सन १९८९ मा १६ वर्षको उमेरमा खेल जीवनमा प्रवेश गरेका थिए । दायाँहाते ब्याट्सम्यान सचिन तेन्दुलकर भारतीय क्रिकेटका पूर्व कप्तान समेत हुन ।  सन २०१४ मा सचिनकाे अात्मकथा पनि प्रकाशित भएकाे थियाे । सन १०१३मा सन्यास लिएका सचिनले धेरै ब्याटिङ कीर्तिमान अाफ्नाे नाममा लेखाएकाे छ भने सय अन्तर्राष्ट्रिय शतकसंगै सर्वाधिक ३४ हजार रन बनाएका छन । ‘म नितान्त निजी प्रवृत्तिकाे मान्छे हु । मलाई जहिल्यै पनि लागेकाे थियाे ,खासमा मैले बाेल्ने हाेइन ,मेराे ब्याटले बाेल्ने हाे । मैले अाफ्नाे खेल जीवनमा क्रिकेटमै मात्र ध्यान दिए’ सचिनले अन्तरवार्तामा भनेका छन । यस फिल्मका निर्देशक एर्सकिनले भनेका छन सबैलाई उनकाे खेल तथ्यांक बारे थाहा हाेला ।  सचिनले खेलेका खास खास खेल बारे पनि राम्रैसंग थाहा हाेला । तर यसबीच उसकाे मनमा के के थियाे ? उनकाे निजी जीवन ,उनकाे इच्छा र सपना ,सुख र दुखबारे बिरलै धेरै तथ्य बाहिर अाएका छन । याे वास्तवमै महान क्रिकेट खेलाडीबारे फिल्म हाे । अाफ्नाे जीवनीमा अाधारित फिल्मकाे बनाेटकाे बारे सचिनले भनेका छन:

फिल्ममा पक्कै पनि केही यस्ता पारिवारिक दृष्य छन , जसलाई दर्शक हेर्न चाहन्छन । उनीहरूले पछिल्लो २४ वर्षमा मेराेबारे जति देखे ,त्याे भन्दा फरक हेर्ने इच्छा हुनु स्वाभाविक हाे ।  खेलकाे उतारचढावका बेला मेराे मनमा के खेलिरहेकाे हुन्थ्याे , त्याे कहिले पनि कसैलाई थाहा भएन ।  फिल्ममा यस्तै उतारचढाव र परिवार तथा मेरा प्रशंसकबीचकाे सम्बन्धबारे देखाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्