१ जेष्ठ २०८१, मंगलवार

 

कृषि विकास समिति मल्मद्वारा जनप्रतिनिधिको स्वागत

कृषि विकास समिति गलकोट नगरपालिका ७ र ९ बागलुङले स्थानिय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई भेटघाट तथा बधाई कार्यक्रम सोमबार गरेको छ ।

कार्यक्रममा गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले कृषि जिविकोपार्जनको लागि हो या व्यावसायीको लागि हो कृषक स्पष्ट हुनु पर्ने बताउनु भएको छ ।

साथै पछिल्लो समयमा गलकोटमा विदेश जाने प्रवृत्ति बढदै गईरहेकोले कृषि प्रति समुदाय निरुत्साहित हुँदै गईरहेकोले अब कृषि प्रतिको आकर्षणको लागि जनचेतना जगाउनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा गलकोट नगरपालिकाका उपप्रमुखर रेणुका काउचा, वडा नं ७ का वडा अध्यक्ष टिका बहादुर थापा, वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, वडा नं ७ का महिला सदस्य पदमा नेपाली र कृषि विकास समितिका सहसचिव मित्र खरेलले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम कृषि विकास समिति मल्मका अध्यक्ष पिताम्बर गौतमको अध्यक्षता, अग्नीधर सापकोटाको स्वागत र सचिव लक्ष्यमण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै विश्व वातावरण दिवसको अवसरमा गलकोट नगरपालिका वडा नं ७ का विभिन्न स्थानमा सरसफाई गरिएको छ ।
स्थानिय घुम्टे प्रगति कृषि समुह, मुलपानी सप्ताहघाट महिला कृषक समुह र मिलिजुली महिला समुहले स्थानिय सप्ताहघाट, सानोखोला, खोलापारी, साहानीडाककडाका टोल सडक तथा गोरेटो बाटोहरु सरसफाई गरेका छन ।
गलकोट नगरपालिका वडा नं ७ को आयोजनामा उक्त सरसफाई कार्यक्रम गरिएको नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्