कामको सिलशिलामा जापानमा ज्यान गुमाएका बागलुङ गलकोटका सन्तोष कार्कीको परिवारको लागि १२ लाख ५० हजार रुपैयाँ सहयोग जुटेको छ । गलकोट समाज जापानको अपिलमा जापानमा रहेका गलकोटवासी तथा नेपालीबाट यो सहयोग रकम संकलन भएको हो ।
एक बर्ष पहिले कुक भिसामा जापान गएका बागलुङको गलकोट नगरपालिका–५ भैंसे ठाडो ओडारका सन्तोष कार्की ब्लड क्यान्सरको उपचारको क्रममा जापानमा मृत्यु भएको थियो ।
उपचार खर्च धेरै लागेको र घरको आर्थिक स्थिति पनि कमजोर रहेकाले उनको परिवारको सहयोगको लागि गलकोट समाज जापानले सहयोग संकलन अभियान सञ्चालन गरेको अध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।
सहयोग जुटाउने क्रम अझै जारी रहेकाले ईच्छुकले सहयोग गर्नसक्ने गलकोट समाज जापानका उपाध्यक्ष भवानी पन्तले जानकारी दिए ।
सहयोग गर्न चाहनेका लागिखाता नम्बर १०५८०२६०७०५७१
सहयोगदाताहरुको नाम र रकम विवरण यो लिङ्कमा हेर्नुहोला ।
https://docs.google.com/spreadsheets/d/1NDnhB8exCoi1mA5608AR4f-kJ8wqVx7k7Xlb7UUq8Uo/edit#gid=0













































































































































































































