२ श्रावण २०८३, शनिबार

 

जनप्रगतिशील मञ्च युरोपको भेला र पोर्तुगलको अधिवेशन हुँदै, राम कार्की र ओनसरी घर्ती सहभागी हुने

बागलुङ । नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपको आयोजनामा प्रशिक्षणात्मक भेला र नेपाली जनप्रगतिशील मञ्च पोर्तुगलको ८ औं अधिवेशन सेप्टेम्वर १४ र १५ तारिखमा लिस्वनमा हुदैछ । पहिलो दिन पोर्तुगलको ८ औं अधिवेशन हुनेछ भने दोश्रो दिन प्रशिक्षणात्मक भेला र बैठक हुने बताइएको छ ।

नेपाल सरकारका पूर्व सुचना तथा सञ्चार मन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का केन्द्रिय सचिव राम कार्की ‘पार्थ’को प्रमुख आतिथ्यता र पूर्व सभामुख तथा नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य ओनसरी घर्ती मगरको विशेष उपस्थितिमा भेला र पोर्तुगलको अधिवेशन हुने भएको हो ।

प्रशिक्षणात्मक भेलामा युरोपका विभिन्न देशसंगै युके र अमेरिकाका अगुवा माओवादी कार्यकर्ताहरुको बाक्लो सहभागिता रहने बताइएको छ । नेपाली जनप्रगतिशील मञ्च ९एनपीपीएफ० युरोपका अध्यक्ष चित्र सुवेदीले कार्यक्रमलाई भव्य बनाउनको लागि व्यवस्थापनका लागि तयारी थालि सकेको जानकारी दिए ।

‘जनप्रगतिशील मञ्चमा आवद्ध विभिन्न देशबाट साथीहरु पोर्तुगलको लिस्वनमा भेला हुदैछौं, प्रशिक्षण र बैठकका साथै आगामी दिनमा संगठन निर्माणका लागि ठोस योजना बनाएर अघि बढिने छ ।’ सुवेदीले भने । युरोपका झण्डै १९
देशमा एनपीपीएफका संगठन छन् ।

माओवादीका नेताद्वय राम कार्की ‘पार्थ’ र ओनसरी घर्ती मगरले प्रशिक्षण दिने छन् । भेलामा बेल्जियम, स्पेन, डेनमार्क, नर्वे, माल्टा, क्रोएसिया, जर्मन, युके, अमेरिका लगायतका देशबाट जनप्रगतिशील मञ्चका नेताहरु लिस्वनमा उपस्थित हुने बताइएको छ ।

यसैगरी, नेपाली जनप्रगतिशील मञ्च ९एनपीपीएफ० पोर्तुगलको ८ औं अधिवेशन पनि सोही अवसरमा हुनेछ । एनपीपीएफ पोर्तुगलका संयोजक नारायण शर्माले भव्य रुपमा अधिवेशन गर्नेगरी तयारी भैरहेको जानकारी दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung