२ श्रावण २०८३, शनिबार

 

गलकोट समाज युकेद्वारा नेपालीलाई आर्थिक सहयोग

बागलुङ । गलकोट समाज युकेले गलकोट नगरपालिका –२ पैयुडाँडा निवासी नन्दु नेपालीलाई आर्थिक रकम सहयोग गरेको छ । ५५ वर्षिय नेपालीलाई विगत २ वर्ष देखी पित्त थैलीमा पत्थरीको समस्या रहेको छ ।

पित्त थैलीमा पत्थरीको रोगबाट पिडित भई उपचार गराई रहेको र उपचार गर्दा धेरै रकम लाग्ने र परिवारको समेत आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा समस्या भएको थियो ।

उहाँको उपचारमा केही हदसम्म भएपनि सहयोग होस भन्ने उदेश्यले युकेमा स्थापना गरिएको सामाजिक संस्था गलकोट समाज युकेले नगद रु ५० हजार रुपैयाँ पीडितलाई हस्तान्तरण गरिएको समाजका संस्थापक सचिव डा। पुष्पदत्त उप्रेतीले जानकारी दिनुभयो ।

सहयोग रकम पिडितकै घरमा पुगी गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, नेपाली काँग्रेस गलकोट नगर सभापति बिरजंग भण्डारी र समाजसेवी चन्द्रदत्त रेग्मी, वडा सदस्य उमेश नेपाली र वडा सदस्य रुद्र श्रीसले सहयोग रकम हस्तान्तरण गर्नुभएको गलकोट समाज युकेका अध्यक्ष चन्द्रा साहानीले जानकारी दिनुभयो ।

गलकोट समाज युकेले स्थापनाकाल देखि नै विभिन्न परोपकारी तथा सामाजिक कामहरु गर्दै आईरहेको समाजले जनाएको छ । गलकोट समाज युके बेलायत स्थित नेपाली संघ संस्थाहरू मध्ये एक अग्रणी संस्था हो ।

स्थापना भएको ८ वर्षको अवधीमा समाजले धेरै उल्लेखनीय सामाजिक कार्यहरू सम्पन्न गरेको छ । हालै संस्थाले बेलायतमै आफ्नै भवन समेत खरिद गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung