५ जेष्ठ २०८१, शनिबार

 

बस्नेत गलकोट स्पोर्टस क्लब टोकियोको अध्यक्ष बने

‘स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल’ भन्ने नाराका साथ स्थापित गलकोट स्पोर्ट्स क्लब टोकियोको प्रथम महाधिवेशन सम्पन्न भएको छ ।

गलकोट स्पोट्स क्लव टोकियोका नवनिर्वाचित अध्यक्ष रत्नसिंह बस्नेत

अधिबेशनबाट भलिबल खेलाडी रत्नसिंह बस्नेतको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

अध्यक्ष निर्वाचित बस्नेत पुर्व राष्ट्रीय भलिबल खेलाडी तथा एम्पाएर हुन् । समितिको ३ उपाध्यक्षमा निम खड्का, बिजय भण्डारी, देवेन्द्र खत्री निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा लक्ष्मण कार्की र सचिब दुर्गा बहादुर खत्री तथा कोषाध्यक्षमा महेन्द्र साहनी र सह–कोषाध्यक्षमा डिलाराम निउरे निर्बिरोध चयन भएका छन् ।

 सदस्यहरुमा लोकेश खत्री, भबिन थापा, ध्रुब कडेल, लक्ष्मण भण्डारी, प्रकाश निउरे, दिपेश खत्री, चित्र चोखाल(नारायण), हिमाल कडेल, राजु बस्नेत, तेजिन्द्र बस्नेत, संजय साहनी, हरि भण्डारी, गणेश के.सी, सन्तोष के.सी. रबिन भण्डारी, राजा खत्री, बसन्त खड्का रहेका छन ।

निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समन्वय समितिका संयोजक तथा साहित्यकार बेलुकाजी थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

गलकोट समाज जापानका सल्लाहकार बेलुकाजी थापा, दिलु खत्री, कालिका थापा, रामकृष्ण बम मल्ल र नबिन निउरे सम्मिलित ५ सदस्यीय निर्वाचन समन्वय समितिले निर्बिरोध रुपमा कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्