१ जेष्ठ २०८१, मंगलवार

 

कृषिमा उन्नत प्रविधिको प्रयोग बढ्दै (फोटो फिचर)

पछिल्लो पटक कृषिमा उन्नत प्रविधि र उपकारणको प्रयोग बढ्दै गएको छ । ग्रामिण ठाउँमा समेत कृसानले यस्तो प्रविधिको प्रयोग गर्न थालेका छन् ।

खेतबारी जोत्नको लागि मिनिटेलर हलोको प्रयोग बढ्दै गएको छ । यसलाई किसानले धान रोप्ने बेलामा खेत हिल्याउन समेत प्रयोग गर्न थालेका छन् ।

अहिले धान रोप्ने क्रममा ताराखोला गाउँपालिका वडा नम्बर–४ का किसानले यस्तै प्रयोग गरे ।

सजिलो र छिटो हुने भएपछि तारागाउँमा स्थानिय किसासनले खेत जोत्न र हिल्याउन मिनीटेलर हलोको प्रयोग गरेका ताराखोला गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए ।
उद्यमशिल तारागाउँ कृषि समुह मार्फत जिल्ला कृषि विकास कार्यालयको अनुदानमा हलो खरिद गरि सञ्चालनमा ल्याईएको हो ।

समुहका अध्यक्ष लालप्रसाद सेरचनले हलो खरिदका लागि कृषिको २७ हजार ५ सय अनुदान प्राप्त भएको बताए । समुहले ३२ हजार ५ सय थपेर ६० हजारमा मिनिटेलर हलो खरिद गरिएको हो ।

फोटो-दिवश खत्री पदम, ताराखोला

प्रतिक्रिया दिनुहोस्