३१ बैशाख २०८१, सोमबार

 

सांसद् विकास कोषबाट गरियो पश्चिम बागलुङमा विभिन्न कार्यक्रम

सांसद क्षेत्र बिकास कोषको कार्यक्रमम अन्तरगत पश्चिम बागलुङमा महिला सशक्तिकरण, नेतृत्व विकास तालिम सहित आयआर्जनका लागि विउपल र कुखुराका चल्ला वितरण गरिएको छ ।

यसविचमा अन्तरगत ढोरपाटन नगरपालीकाको केन्द्र बुर्तिबाङ, साबिकको अधिकारीचौर र बोबाङ गाबिस, निसिखोला गाँउपालिकाको निसी, तमान गाँउपालीकाको खुखानीमा कार्यक्रम भएका छन् ।

शुक्रबार बडिगाड गाँउपलीकाको खर्वाङमा अल्पसंख्यक समुदायलाई कुखुराका चल्ला प्रदान गरिने संसद ज्ञानकुमारी छन्त्यालले बताईन् ।
महिलालाई सक्षम तथा आत्मनिर्भर बनाउन सशक्तिकरण सहित नेतृत्व विकास कार्यक्रम गरिएको छ ।
जिल्ला समन्वय समिति अन्तरगत सञ्चालन हुने कार्यक्रमका लागि सांसद ज्ञानकुमारी छन्त्यालको निर्वाचन क्षेत्र बिकासबाट विनियोजन भएको रकमले यि कार्यक्रम गरिएको हो ।

कार्यक्रम बागलुङमा रहेका तिनओटा संस्था, आमा मिलन केन्द्र, सत्कर्म नेपाल र महिला मानब अधिकार सक्षक सञ्जालको सहकार्यमा सञ्चालन गरिएको हो । बिहिबार ढोरपाटन नगरपालीकाको वडा नम्बर–२ सिमलचौरका अल्पसंख्याक कुमाल समुदायका महिलालाई आत्मनिर्भर बनाउन २६ परिवारका सदस्यलाई गिरीराज जातको कुखुराका चल्ला बितरण छ ।एक परिवारलाई ७ वटा चल्ला प्रदान गरिएको हो ।

त्यस्तै बुर्तिबाङ बजार क्षेत्रमा रहेका ३० जना एकल महिलालाई जनहि १० वटाका दरले चल्ला दिईएको छ । वडा नम्बर–६, ७ र ८ मा महिलाका लागि तालिम र तरकारीका बिउपल बितरण गरियो । वडा नम्बर –५ र ६ मा महिलाका लागि तालिमसँगै स्थानीय ३० जना किसानलाई जनहि १० हजार रुपैयाँ बराबरको टनेल दिईयो ।

निसिखोला गाँउपालिकामा महिला सशक्तिकरण र नेतृत्व बिकास सम्बन्धि दुई तालिम गरिएको छ भने स्थानीय ८५ जना महिलालाई तरकारीको बिउबिजन बितरण गरीएको छ ।
तमान गाँउपालिकामा पनि महिलालाई तालिम र विउ प्रदान गरिएको थियो ।

कार्यक्रममा सांसद् ज्ञानकुमारी छन्त्याल, सत्कर्म नेपाल बागलुङका अध्यक्ष सिताराम थापा, आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापा मगर लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्