रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका लक्ष्मण थापाको परिवारलाई देश विदेशबाट सहयोग प्राप्त भएको छ । गलकोट नगरपालिका–७ मल्म टोकरीका थापाको ४ महिना अघि कतारमा मृत्यु भएको थियो ।
घर खर्चका लागि काम गरेर आम्दानी गर्ने घरको सदस्यको मृत्युले थापा परिवार बिचल्लीमा परेकाले वालबालिकाको पालन–पोषण र शिक्षाको लागि प्रवासमा रहेका गलकोटेले रकम जुटाएका हुन् । उनीहरुले जम्मा १६ लाख ६ हजार ४०६ रुपैयाँ जुटाएर सहयोगदाताको समेत रोहबर रहने गरि बैंक खातामा जम्मा गरिदिएका छन् ।

स्वर्गीय लक्ष्मण थापा
स्वर्गीय थापाका भाई मोहन थापाले अहिलेसम्म जापानबाट नगद १० लाख, युरोपबाट २ लाख ८७ हजार ७ सय ९६ र लण्डनबाट १ लाख ६८ हजार ६ सय १० रुपैयाँ सहयोग प्राप्त भएको बतााए ।
यस्तै राम बहादुर थापा (सुन्तलारुख) बाट रु १ लाख, केशव थापाले रु १० हजार, खम बहादुर थापाले रु २० हजार र बिमल बोगटीले रु २० हजार आर्थिक सहयोग गरेका छन ।
यसरी प्राप्त भएको सहयोग रकम परिवारको नाममा प्रभु बैंक लिमिटेडमा जम्मा गरिएको छ । बचत भएको रकमबाट प्राप्त व्याज ३, ३ महिनामा झिकेर खर्च चलाउन मिल्ने व्यवस्था गरिएको छ ।
छ महिना अघि कतार गएका ३४ बर्षीय थापाले त्यहाँको एक रेष्टुरेन्टमा काम गर्थे । उनका श्रीमती, १ छोरी र ३ छोरा छन् । छोराहरु तिम्ल्याह हुन् ।
सहयोग गर्नको लागि प्रभु बैंकको खाता नम्बर १११०१२००६३२७१५०००००३ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।













































































































































































































