३ श्रावण २०८३, आईतवार

 

एकता समाज जापानले ग¥यो क्यान्सर पिडित शर्मालाई ५१ हजार सहयोग

राष्ट्रिय जनमोर्चा निकट जापान नेपाली एकता समाज क्षेत्रिय कमिटि ओसाकाले एक क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ ।  समाजले फोक्सोको क्यान्सरवाट पिडित बागलुङको दुदिलाभाटी माइत भई हाल चितवनको भरपुर बस्दै आएकी यमकुमारी शर्मा खरेललाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

समाजका अध्यक्ष कमल कार्कीको सक्रियतामा संकलित नेपाली ५१ हजार १ सय ५१ रुपैया बागलुङको नरेठाँटीमा आयोजित एक कार्यक्रमका बिच पिडितका भाई तेजेन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो । राष्ट्रिय जनमोर्चा नरेठाँटीको संयोजनमा भएको कार्यक्रममा उक्त रकम राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा र समाजका अध्यक्ष कमल कार्कीका छोरा याम कार्कीले हस्तान्तरण गरे ।

सो अवसरमा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटाले जापान एकता समाजले मानविय सेवामा आधारित रहेर संकलन गरि पठाएको रकमलाई बिरामीको उपचारमा खर्च गरि सहि सदुपयोग गर्न आग्रह गरे । पिडित शर्मा खरेलको स्वास्थ्य अवस्थाका वारेमा उनका भाई तेजेन्द्र शर्माले जानकारी गराए ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा नरेठाँटीका प्रतिनिधि जिवन कुवँरको अध्यक्षता र पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । पिडितका लागि समाजका अध्यक्ष कमलबहादुर कार्की, सचिव मिलन पौडले सदस्य दुर्गेश कार्की, त्यसैगरि जापानमा व्यापार व्यवसाय गरि बस्ने डम्मर पुन, नन्दु सापकोटा, सुरेश न्यौपाने, कृष्ण घिमिरे, शिव न्यौपाने र राजु केसीले आर्थिक सहयोग गरेका थिए ।

समाजले यसभन्दा अगाडि बोहोराफाँट निवासी मृगौलाको समस्या भएका भिमबहादुर बोहरालाई ८५ हजार र काठमाण्डौमा रहेका अनाथ वालबालिका र मृगौलामा समस्या एक बालकलाई १० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung