१ जेष्ठ २०८१, मंगलवार

 

‘रुख रोपे प्राकृतिक प्रकोप न्युनिकारण गर्न सकिन्छ’

शेर बहादुर श्रेष्ठ

सडक हाम्रो विकासको पुर्वाधार हो । हाम्रो जस्तो पहाडी भू–भागमा भू संरक्षणको पाटोलाई नसमेटेर निर्माण भएका कतिपय गा्रमीण सडकहरु बाढी, पहिरो भू–क्षयको प्रकोपका कारक बनिरहेका छन ।

जिल्ला भू संरक्षण कार्यालयमा तारजाली माग्नआउने ८० प्रतिशतभन्दा बढी सेवाग्राहीहरु सडक पहिरो प्रकोपको पिडा पोख्ने गर्छन् । तर राज्यको सिमित श्रोत साधनले ति सबै सेवाग्राहीहरुलाई तारजाली दिन वा पु¥याउन सकिदैन ।

तारजाली दिर्घकालिन समाधान पनि होइन । यसर्थ यसको दिर्घकालिन, सजिलो, सस्तो र स्थानीय समुदाय आफैले समाधान गर्न सक्ने उपायहरु अपनाउनु पर्छ । यसको लागि हाम्रा बरिपरि भएका उपयुक्त प्रजातीका बोटविरुवाहरु जस्तो–बाँस, विभिन्न प्रजातीका घाँसहरुमा अम्रीसो, बावियो, नेपीयर, एनवि—२१, मोलासेस, डालेघाँस, फलफुलहरु खूल्ला सडक पाखोमा लगाउन सकिन्छ ।

बाँस तथा ढुङगाले निर्माण गर्न सकिने छेकाबाँधहरु निर्माण गरेर आफ्नो घर करेसा र समुदायका सडक पाखो तथा सडक पहिरोहरु रोक्न सकिन्छ । यसकालागि भू तथाजलाधार संरक्षण विभागले आगामी कार्यक्रममा ग्रामीण सडकसँग भू संरक्षण कार्यक्रम प्रस्ताब गरेर कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

हाल यो सप्ताहब्यापी बृक्षारोपण शुभारम्भ कार्यक्रममा बागलुङ नगरपालिकाको वडा नम्बर–३ देउरालीचोक देखि शान्तिनगर सम्मको ग्रामीण सडकमा सुरुवात गरिएको छ । देउरालीचोक देखि बानपा–९ तित्याङ सम्मको करिब ४ कि.मी. सडक क्षेत्रको १५ मी. आसपासको सडक पाखोमा स्थानियले बृक्षारोपण सञ्चालन गर्ने तयारी गरेका छन् ।

त्यहाँ समुदायले चाहेका र वातावरण उपयुक्त देखिएका बाँस, विभिन्न किसिमका घाँस डालेघास, फलफुल, अलैची रोप्ने अभियान हुनेछ । जिल्लाको अन्य भू भागको लागि बागलुङ नगरपालिकाकै जिल्ला भू संरक्षण कार्यालय परिसरको नर्सरी र पश्चिमी भेगकालागि साविक मल्म—४ बाँसखोलाको भू संरक्षण नर्सरीबाट निशुल्क विरुवा उपलब्ध गराईएको छ ।

यसमाखास गरी बाँसको रोपणमा जोड दिइएको छ, किनभने बाँस बहुउपयोगी मात्र होइन सडकपाखोको संरक्षण गर्न, सुन्दरता बढाउन र यात्रुको सुरक्षा समेतका लागि समेत उपयुक्त छ । कतिपय सवारीको दुर्घटना सडक किनाराका बाँस तथा रुख विरुवाले संरक्षण समेत गरेको देखिएको छ ।

यसर्थ

हाम्रो अभियान सडक पाखो, खोलाखोल्सी तथा पहिरो जोखिम क्षेत्रमा बास,घास तथा अन्यबोट विरुवा लगाऔ, भू संरक्षणको अभियानमा जुटौ।
अव सडक मात्र होइन सडक संगै भू संरक्षणलाई पनि जोडौ।

लेखक श्रेष्ठ जिल्ला भुसंरक्षण कार्यालय बागलुङ प्रमुख हुन् ।

सल्लाह सुझव र सम्पर्कको लागि   [email protected] (9857622319)

प्रतिक्रिया दिनुहोस्