
नेकपा बागलुङले मंगलबारको बन्द खुलेको जनाएको छ । नेकपा बागलुङका ईन्चार्ज विकिरण क्षेत्रीले एक विज्ञप्ति प्रकाशन गरि बन्द खुलेको जानकारी दिएका छन् ।
उनले आफ्ना केन्द्रिय नेतासहित अपहरणमा परेका नेता–कार्यकर्ता तत्काल रिहाईको माग गरेका छन् । उनले बन्दमा सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिएका छन् ।
नेकपाले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो । बन्दको बागलुङमा आंशिक प्रभाब परेको थियो ।