
नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदीले देशको भविष्य युवा विद्यार्थीको हातमा रहेको बताएका छन । उनले यसअघि विद्यार्थी आन्दोलन राजनीतिक परिवर्तन र लोकतन्त्रको संस्थागत गर्नका लागि समेत हुने गरेकोमा अब शैक्षिक सुधारमा केन्द्रीत हुनुपर्ने बताए ।
बुधबार नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पस ईकाई समितिको तीजगित प्रतियोगिता तथा दरखाने कार्यक्रममा उनले नेविसं देशको शैक्षिक एवं सामाजिक सुधारमा केन्द्रीत रहेको बताए ।
सुवेदीले नेपाल विद्यार्थी संघ क्रियाशिल र रचनात्मक संगठन भएको भन्दै देशको शैक्षिक परिवर्तन र सुधारमा सँधै अगुवाई गर्ने बताए ।
नेपाल विद्यार्थी संघका सह महामन्त्री हरिहर शर्माले मुलुकको राजनैतिक अवस्थालाई स्वच्छ बनाउने जोस जाँगर र संकल्प अब विद्यार्थी र युवा पुस्ताबाटै हुनेपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खड्क थापा, तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढा, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, सहप्रध्यापक गोविन्द प्रसाद कंडेल, नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकार विमलराज क्षेत्री, तेजश रेग्मी, ज्योती लोहोनी, सिता परियार लगायतका कलाकारको सांगितिक प्रस्तुती रहेको थियो ।
प्रतियोगितमा संजिता गौतमको समुह प्रथम, विकास शर्माको समुह द्धितिय र कमला आचार्य तृतिय भएका थिए । प्रतियोगि प्रथम द्धितिय र तृतियलाई क्रमशं नगद रु ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितमा ७ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाल विद्यार्थी संघ धौलागिरी ईकाई समितिका अध्यक्ष दिनेश पन्तको अध्यक्षता उपाध्यक्ष रामचन्द्र गौतमको स्वागत र सचिव द्धय दिपक सुवेदी र सुरक्षा खड्का संचालनमा सम्पन्न भएको थियो ।