२७ बैशाख २०८१, बिहीबार

 

पुषमा पाचौं बागलुङ महोत्सब फरक शैलीमा हुने

 

बागलुङ उद्योग बाणिज्य संघ बागलुङको कार्यसमिति को बैठकले आउदो पुस ७ गते देखि १५ गते सम्म बागलुङ बजारमा पाँचौ महोत्सब गर्ने निर्णय गरेको छ । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षतामा भएको बैठकले बागलुङको उद्धमी ब्यबसायी स्थानीय तहमा उत्पादन भएका  सामाग्री लाई बजारी करण गर्ने पुरानो लोक संस्कृतिको जगेर्ना गर्ने उदेश्यले उद्योग बाणिज्य संघले महोत्सब गर्ने निर्णय गरेको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए । जयराम भारीले भन्नु भयो यसपालीको बागलुङ महोत्सव पिर्थकखाले हुनेछ ।

पाचौं बागलुङ महोत्सब भब्य र सब्य रूपमा सम्पन्न गर्न उद्योग बाणिज्य संघले सम्पुर्ण तयारी शुरू गरेको यसपटक नयाँ ढंगले बागलुङ सदरमुकाम मै  पुस महिनामा महोत्सब गर्न गैरहेको प्रेस सल्लाहकार राजभण्डारीले बताए । महासंघले देशमा आएको बाढी पिडित लाई बागलुङ उद्योग बाणिज्य संघले संस्थागत रूपमा १ ० हजार र संघका अध्यक्ष पदाधिकारी र सल्लाहकार प्रेस सल्लाहकार सबैले गरि ६५ हजार सहयोग संकलन भएको सहयोग रकम बाढी पिडित क्षेत्रमा पठाउने निर्णय गरेको अध्यक्ष जयराम भारीले बताए ।

बागलुङ नगरपालिकामा जनप्रतिनिधि आएपछि अहिले गरेको ब्यबसाय करमा भएको बृद्धि लाई केही महिना पछि नगरपालिका ले समायोजन गर्ने आश्वासन दिएको हुदा सम्पुर्ण बागलुङका ब्यबसायहरू लाई समायोजन पछि मात्रै कर तिर्न अध्यक्ष भारीले अनुरोध गरे ।
बागलुङ नगरपालिकाले अहिले ब्यबसाय करमा अत्यधिक बृद्धि गरेपछि बागलुङका ब्यापारी ब्यबसायी उद्धमीले कर घटाउन माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्