१ जेष्ठ २०८२, बिहीबार

 

मल्ममा शिक्षक संगठनको भेला

एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगरपालिका–७ र ९ (सबिकको मल्म गाविस) को भेला सम्पन्न भएको छ । भेलामा एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम नगर सम्मेलन आयोजक समिति संयोजक चुडामणी शर्माले शिक्षकको हक, हित र अधिकारको लागि शिक्षक संगठन सक्रिय रहनुपर्नेमा जोड दिए ।

भेलामा नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका–७ का अध्यक्ष छुम बहादुर थापा, गलकोट नगरपालिका–७ का वडा अध्यक्ष टिका बहादुर थापाले शुभकामना मन्तव्य राखे ।

भेलाले हुमलाल ढकालको संयोजकत्वमा ४१ सदस्यीय संयुक्त वडा समिति गठन गरेको छ । सो अवसरमा भदौ १७ गते गलकोटमा हुने अखिल नेपाल शिक्षक संगठनको नगर सम्मेलन, संगठन सुदृढिकरण तथा व्यवस्थापन, शिक्षक हक हित र अधिकारको लगायतको विषयमा अन्तरक्रिया गरिएको थियो ।

भेलामा गलकोट नगरपालिका–७ र ९ का शिक्षकहरुको सहभागिता रहेको थियो । भेला एकीकृत अखिल नेपाल शिक्षक संगठन वडा संयोजक विष्णु प्रसाद गौतमको अध्यक्षता र सदस्य विर बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung