३८ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस न्यू ओएसिस एकेडेमीले विभिन्न कार्यक्रम गरेको छ । यस अवसरमा भएको अन्तर विद्यालय स्तरिय बास्केटबल प्रतियोगितामा आयोजक न्यू ओएसिस एकेडेमी नै प्रथम भएको छ ।
फाइनल खेलमा अमर आदर्श माध्यामिक बिद्यालयलाई १३ का बिरुद्ध ३१ स्कोरले पराजित गर्दै आयोजक न्यू ओएसिस एकेडेमी “क” टिम प्रथम भएको हो । प्रतियोगितामा ६ विद्यालयका आठ टिमको सहभागिता रहेको थियो । फरक विद्यालयका विद्यार्थीविच खेल मार्फत मैत्रिपुर्ण भावनाको विकास होस भनेर कार्याक्रम आयोजना गरिएको प्रिन्सिपल नेत्र न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताको पुरस्कार बितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद शर्माले खेलकुदले बिद्यार्थीमा मैत्रीभावको विकास हुने बताए ।
विद्यार्थीको सक्रियतामा भएको कार्यक्रम अध्यक्षता बिद्यार्थी यूनियनका अध्यक्ष सन्ध्या शर्माको अध्यक्षता तथा सचिब अनामिका राजभण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































