
रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख बिर बहादुर घर्ती विहिबार राति ११ बजेदेखि सम्पर्क विहिन भएका छन् ।घर्ति आफ्नो ससुराली गएका थिए । उनि ससुरालीबाटै बेपत्ता भएका हुन । सो स्थानबाट घर्तिलाई १०/१२ जनाको समुहले लिएर गएको ईलाका प्रहरी कार्यालय थबाङका प्रहरी प्रमुख भिम बहादुर सुनारले जानकारी दिए ।
अध्यक्ष घर्तीको खोजिको लागि प्रहरी एसपि शुसिल यादवको कमाण्डमा रोल्पाको टिलामा रहेको सशस्त्र प्रहरी टोली सहित ७३ जनाको टोलीले जंगलमा खोज तलास कार्य सुरु गरेको छ । थबाङ वरीपरीका सबै प्रहरीहरुलाई खोज तलासको लागि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिए ।
थवाङ गाउँपालिकाको भदौ ३१ गते हुने प्रथम गाउँसभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेकले सो कार्यक्रम बिथोल्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीको अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ ।
बाग्लुङको पश्चिम भेगमा समेत आउन सक्ने आधारका कारण बाग्लुङका प्रहरीहरु समेत अलर्ट अवस्थामा रहेको बुझिएको छ ।