३ श्रावण २०८३, आईतवार

 

रोटरीले दियो तित्याङका किसानलाई आयआर्जनको लागि बाख्रा

रोटरी क्लव अफ बागलुङको आयोजनामा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।  रोटरी डिष्ट्रिक ३२९२ को वार्षिक योजना तथा रोटरी क्लव अफ बागलुङको वार्षिक कार्यक्रम अनुसार बागलुङ नगरपालिका बडा नं. ९, तित्याङमा एक कार्यक्रम बीच बाह्र जना कृषकहरुलाई बाख्रा वितरण गीरएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य दिदै बा.न.पा.– ९ का वडा अध्यक्ष तथा रोटेरियन गणेश थापाले निम्न आय भएका कृषकहरुलाई बाख्रा पालन गरी आय आर्जन गर्ने कार्यमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब अफ बागलुङले बिना धितो बिना ब्याज लिने गरी बाख्राका पाठी वितरण गरी त्यसको सट्टामा बाख्राका पाठी फिर्ता लिने कार्यक्रम अति राम्रो भएको र यस बाट सेवाग्राहीले आय आर्जन गर्न ठुलो मद्दत पुग्ने बताए ।

त्यस्तै कार्यक्रममा क्लबका पूर्व अध्यक्ष दुर्गादत्त आचार्य, भवनराज वराल, के.वि.शाही, र निवर्तमान अध्यक्ष गगनलाल शाक्य, डाइरेक्टर नवराज श्रेष्ठ, कुलप्रसाद सापकोटाले रोटरीको बारे जानकारी गराउदैं बाख्रा पालनलाई बाह्र जनाको समूहले व्यवस्थितरुपबाट संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

त्यसै बीच समूहका संयोजक सुजन थापाले रोटरीले गरेको सहयोगको लागि धन्यवाद दिदै बाख्रा पालन व्यवसायलाई सबैले मिलि निरन्तरता दिदै यस्को विस्तार गर्ने र यसमा रोटरी क्लबले थप सहयोग गर्ने अपेक्षा सहित आशावादी रहेको बताए । क्लवका अध्यक्ष पूर्ण बहादुर के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव ओमप्रकाश पौड्याले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung