
गैर आबासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनमा डेनमार्कबाट सोम सापकोटाले सह कोषाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । उनी बागलुङ गलकोटका हुन् ।
यस अघि युरोप क्षेत्रीय उप(संयोजक पदमा रही एनआरएन अभियान सक्रिय रुपमा लागेका सापकोटाले एक बिज्ञप्ति जारी गर्दै आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।
सापकोटा अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य हुन् भने २०१३/२०१५ को कार्यकालमा युरोप उपसंयोजकको रुपमा काम गरेका थिए ।