
मल्मको आयोजनामा ताराखोला गाउँपालिका ४ लञ्जुमा श्रद्वाञ्जली कार्यक्रम सम्पन्न भएको छ । गत असोज ३० गते निधन हुनुभएका समाजका ज्येष्ठ सदस्य स्वर्गीय मन बहादुर थापाको ९ औं दिनको पुण्य तिथीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका जिल्ला सदस्य दल बहादुर थापा, सातसय बगाले थापा समाजका संरक्षक तथा संस्थापक अध्यक्ष दुर्गा बहादुर थापा र समाजका अध्यक्ष दल बहादुर थापाले शोक मन्तव्य राखेका थिए । सो अवसरमा स्वर्गीय थापाको सम्झनामा मौन धारण गर्नुका साथै तस्विरमा माल्यार्पण गरिएको थियो ।
श्रद्वाञ्जली कार्यक्रममा सातसय बगाले थापा समाज मल्मका संरक्षक तथा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, बगाले थापा समाजका केन्द्रिय सदस्य छुम बहादुर थापा, निवर्तमान सचिव राम बहादुर थापा, उपाध्यक्ष ज्ञान बहादुर थापा, कोषाध्यक्ष घनश्याम थापा लगायतको विशेष उपस्थिति रहेको थियो ।
स्वर्गीय थापाको ८३ वर्षको उमेरमा निधन भएको थियो । श्रद्वाञ्जली कार्यक्रम परिवारका ज्येष्ठ सदस्य दल बहादुर थापाको अध्यक्षता र सातसय बगाले थापा समाजका निवर्तमान सहसचिव थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।