ग्रामीण क्षेत्रमा यति बेला धान काटेर गहुँु छर्ने चटारो छ । गाउँमा पहिले पहिले जस्तो पर्याप्त हल गोरु देखिन छाडिसके । जनशक्तिको अभाव सँगै गाउँगाउँमा सडक विस्तार भएपछि प्रविधिको प्रयोग पनि विस्तारै बढदै गएको छ ।जसका कारण हिजो आज परम्परागत गोरु पाल्ने प्रचलन हराउन थालेको छ । अहिले कृषकहरु खेतबारी जोत्न मिनि कल्टीभेटर प्रयोग गर्न थालेका छन ।
पछिल्लो समयमा बागलुङको गलकोट क्षेत्रबाट विदेशिनेको संख्या बढदै गएपछि गाउँमा गोरु पाल्ने कृषकको संख्या घटदै गएको हो । गलकोट क्षेत्र बाट जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया सककगै खाडी मुलुक कतार, युएई, मलेशिया जानेको संख्या दिनहुकक वृद्वि हुँदै गएको छ ।
श्रीमान विदेश गएपछि श्रीमती पनि सँगै विदेशिने प्रचलन बढेपछि गाउँमा गोरु पाल्ने मान्छेको अभाव हुन थालेको छ । गोरु र हली पाउन मुस्किल हुन थालेपछि मिनि कल्टीभेटर हलो प्रति आकर्षण बढदै गएको गलकोट नगरपालिका ७ मल्मका समाजसेवी हवल्दार टिका बहादुर थापाले बताए ।
गाउँमा युवाको संख्या न्यून भएपछि खेती थन्काउने र खेतबारी जोत्न अहिले मिनी हलो कल्टीभेटर प्रति स्थानियको आकर्षण बढदै गएको थापा बताउ छन ।गाउँमा मुस्किलले हल गोरु पाउन २/३ महिना पर्खनु पर्ने अवस्था रहेको स्थानिय समाजसेवी छुम बहादुर थापाले बताए । गलकोट क्षेत्रमा अहिले एक हल गोरु प्रयोग गरेबापत एक दिनको १५ सय रुपैयाँ तिर्नु पर्दछ ।
मिनि हलो कल्टीभेटरको प्रति घण्टा रु १ हजार भाडा रहेको मिनि हलो कल्टीभेर व्यावसायी गलकोट नगरपालिका ६ मजुवाका किसान बुढाथोकीले जानकारी दिए । मिनि हलोले एक दिनमा १० लिटर सम्म डिजेल खपत गर्छ । मेसिन मार्फत दैनिक १० देखि १२ हल गोरुको काम ( खेतबारी जोत्ने ) गर्ने बुढाथोकीले बताए । अहिले गलकोट नगरपालिकामा ठुला ५ मिनि हलो कल्टीभेटर रहेका छन भनें साना ५/७ वटा रहेका छन । मिनि हलो कल्टीभेटर प्रयोग गर्दा खेतलाले डल्ला फोडन नपर्ने र माटो पनि हलुका हुने गर्दछ ।
एक हल गोरुको दिनभरको मेलो एक डेढ घण्टामै जोत्न सकिने भएकोले कृषकलाई यसले थप राहत मिलेको छ । गोरु औंशी पूर्णिमामा बारिने भएकोले पनि यसको लोकप्रियता थप बढदै गएको छ ।
पहाडी क्षेत्रमा खेतबारीका ढिकहरु अग्ला हुने भएकाले खेतबारी सम्म मेसिन लान र ल्याउन भनें अलि असहज हुने गरेको बुढाथोकीको भनाई रहेको छ । अहिले ग्रामीण क्षेत्रमा धान काटेर गहुँ छर्ने चटारो छ ।













































































































































































































