
ताराखोलामा सञ्चालन हुन लागेको सामुदायीक रेडियो लाँलीगुँरास एफएमलाई गल्कोट घुम्टे कोष बागलुङ दोहाकतारले आर्थिक सहयोग गर्ने भएको छ ।
एफएम रेडियो संचालनको लागी गलकोट घुम्टे कोष दोहाकतार बागलुङले १५ हजार रुपैयाँ सहयोग प्रदान गर्न लागेको हो । ताराखोलामा सामुदायीक रेडियो स्थापनाको लागी संचालक समिति गठन भएर प्रक्रिया सुरु भएपछि आफुहरुले सहयोग गर्ने निर्णय गरेको कोषका संस्थापक हरि बिकले जानकारी दिए ।
संस्थापक विक, भिम थापा र लिलबहादुर विकको पहलमा रेडियोलाई कोष रकमबाट नगद १५ हजार रकमप्रदान गर्ने निणर्य भएको हो ।प्रवासमा रहेका प्रवासी नेपालीले आगामी दिनमा पनि रेडियोका लागि शेयर लगानी सहित अन्य सहयोग समेत गर्ने उनले बताए ।
कतारमा रहेका बागलुङ गलकोट र ताराखोला आसआसका नेपालीलाई विपतको समायमा सहयोग गर्नको लागी २०६७ सालमा गलकोट घुम्टे कोष स्थापना भएको थियो । कोषमा रकम बचत गरि आफु घर जाने क्रममा निकाल्ने केही रकम विभिन्न आपतविपतमा सहयोग गर्दै आएको संस्थाले जनाएको छ ।
हाल रोजगारको शिलशिलामा जापानमा पुगेका हरि विक र लिलबहादुर विकले सामुदायीक रेडियो लालीगुराँस एफएमबाट प्रवासमा रहेका नेपालीको मनो भाबनालाई रेडियोमा समेट्ने खालको कार्यक्रम उत्पादन प्रसारण गर्नुपर्नेमा जोड दिए ।
रेडियो सञ्चालक समितिका अध्यक्ष रविन घर्तीले प्रवाशि नेपालीलाई लक्षित गरि रेडियोले छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबद्धता जनाएका छन् । रेडियो सञ्चालक समितिका सल्लाहकार खगेन्द्र विश्वकर्माको पहलमा कोषबाट सहयोग प्राप्त भएको हो ।