४ कार्तिक २०८३, मंगलवार

 

जनजागृति माविको शैक्षिक सुधारको लागि प्रवासीले गरे २२ लाख सहयोग

बागलुङको गलकोट क्षेत्रका अधिकांश युवा रोजगारीको सिलसिलामा जापानमा रहेका छन । गाउँमा हुने स्थानीय कार्यक्रम, मेला, महोत्सवदेखि सामाजिक संघ संस्था, विद्यालय सञ्चालनको लागि जापानमा रहेका गलकोटेले विगतदेखि नै सहयोग गर्दै आईरहेका छन ।

यसबीच जापानमा रहेका गलकोट नगरपालिका–८ काँडेबासका प्रवाशीले स्थानीय जनजागृति माध्यमिक विद्यालयलाई २२ लाख भन्दा धेरै सहयोग गरेका छन् ।
विद्यालयले आगामी माघमा हिरक महोत्सव मनाउन मनाउँदै छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधारका गर्ने योजना सहित मनाउन लागिएको महोत्सवको पुर्वसन्ध्यामा काँडेवासका प्रवासीले २२ लाख भन्दा बढी आर्थिक सहयोग गरेका प्रधानध्यापक तेजेन्द्र बुढाथोकीले जानकारी दिए ।

महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्वी सँगै प्रगतिको लागि जनजागृति माध्यमिक विद्यालय काँडेबासका शिक्षक सोमलाल सापकोटा आर्थिक संकलनको अभियान लिएर अहिले जापान पुगेका छन् । जापानको विभिन्न शहरमा रहेका काँडेवास क्षेत्रका प्रवासीबाट २२ लाख ५८ हजार ४ सय ४४ रुपैया जुटेको जापानबाट शिक्षक सापकोटाले जानकारी दिए ।

वि.सं २०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो गौरवमय ६० वर्ष प्रवेश गरेको सुखद अवसरमा आगामी माघ १० गतेदेखि १४ गतेसम्म विद्यालयले हिरक महोत्सव मनाउन लागेको हो । हिरक महोत्सवलाई लक्षित गदै विद्यालयले हाल जापानका विभिन्न स्थानमा आर्थिक संकलन अभियानलाई तिव्र रुपमा अगाडी बढाइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटाले बताए ।

विद्यालयका झण्डै १ दर्जन भन्दा बढी पूर्व विद्यार्थी अहिले जापानको विभिन्न ठाँउमा छन् । गत भदौ २० गते भएको विद्यालय व्यवस्थापन समितिको बैठकले आगामी माघमा विद्यालयको हिरक महोत्सव मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung