२९ बैशाख २०८२, सोमबार

 

‘बोबाङलाई नमुना बनाउँछु’-नेता पुन

नेपाली काँग्रेसको चुनावी प्रचार अभियान तथा जनसभा ढोरपाटन नगरपालीकाको बोबाङमा सम्पन्न भएको छ । आगामी मंसिर १० को चुनावलाई लक्षित गर्दै चुनावी अभियान अन्र्तगत ढोरपाटन नगरपालिकाको वडा नं ७, ८ र ९ का मतदाता बिच भेटघाट तथा चुनावी सभा सम्पन्न गरीएको हो । आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस क्षेत्र नं २ प्रतिनिधि सभा उमेद्वार नरबहादुर पुन (निरज)ले ढोरपाटन नगरपालीकाको भौगालीक तवर र विकास निर्माण, शिक्षा क्षेत्रको हिसाबले पछि परेको बोबाङलाई आफुले नमुना गाँउ बनाउने अभियानमा जुट्ने बताए ।

जलस्रोत, कृर्षि क्षेत्रअन्र्तगत आलु उत्पादन क्षेत्रको पकेट स्थल, तथा प्रर्यटकिय हिसाबले प्रचुर सम्भावना बोकेको बोबाङ क्षेत्रलाई आफुले फरक तवरबाट विकास र समृद्धितर्फ लैजाने प्रतिबद्धता गरेका छन । दलित र जनजातीको बाहुल्यता रहेको यस क्षेत्रमा भाषा, सँस्कृति र अधिकारलाई समेत प्राथमिकता दिने बताउँदै आफुलाई विजयी गराउन मतदातालाई आह््वान समेत गर्नु गरे । त्यस्तै प्रदेश सभा (ख) उमेद्वार जितबहादुर शेरचनले बोल्दै आफु गरिब किसान वर्गबाट संघर्ष गर्दै राजनितिक क्षेत्रदेखि जनताको अधिकार ,विकास र देशको समृद्धितर्फ अगाडि बढिरहेको बताउँदै आफनै गाउं ठाँउको विकासका निम्ती प्रचुर सम्भावना र योजना बोकेर आफु जनताको माझमा उभिएको बताउँदै आफुलाई मंसिर १० को चुनावमा मतदान गरी विजयी गराउन अनुरोध गरे ।

त्यस्तै निवर्तमान सांसद तथा समाुनपातिक उमेद्वार ज्ञानकुमारी छन्तयालले बोल्दै पश्चिम बागलुङको बिकास निर्माण, देशमा सान्ती र संविधान कार्यान्वयन लोकतन्त्रको रक्षाका निम्ती नेपाली काँग्रेसका उमेद्वारलाई विजयी गराउन आग्रह गरे । त्यस्तै क्षेत्रिय सभापती दोर्णकुमार कुवँरले बोल्दै नेपाली काँग्रेस अरु दलको तुलनामा एक कदम अगाडि रहेको बताउँदै बिगतको ईतीहाँसमा पश्चिम बाग्लुङको विकासमा नेपाली काँग्रेसको विकास निर्माण देखि रहेक क्षेबम महत्वपुर्ण भुमिका रहेको बताउँदै यस पटकको निर्वाचनमा समेत आफना उमेदवारहरुलाई विजयी गराई विकास निर्माण र शान्ति प्रक्रियाको माध्यमबाट समुन्नत समाज निर्माण अभियानमा हातेमालो गर्न आग्रह गरे ।

नेपाली काँग्रेस ढोरपाटन नगरपालिका उपसंयोजक ताराबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा महादिवेशन प्रतिनिधि टेकराज पौडेल, यामु पौवि, सिँहबहादुर राना, तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढा, धिरप्रताप सिँह, अर्जुन शेरचन, पुर्व जिल्ला सदस्य मेशलाल शर्मा, लगाएतका नेता कार्यक्रताको आतिथ्यता एवम मन्तव्य रहेको थियो । कार्यक्रम पदम पुनको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung