
मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले शुक्रबार बेनी नगरपालीका १ रत्नेचौरमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट व्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले नेपालमा कम्प्युनिष्टको नेतृत्वमा भएको परिवर्तनलाई संस्थागत गरी देशलाई विकास र सम्बृद्धीको दिशामा अघि बढाउन वाम गठबन्धनलाई जिताउनुपर्ने बताए ।
वाम गठबन्धनदेखि आत्तिएर काँग्रेसले लगाएको अधिनायकवादको आरोप र भ्रममा नपर्न आग्रह गर्दै उनले नेपाली जनताको भावना र आवश्यकता अनुसार एमाले माओवादी बीच चुनावी तालमेल र लगत्तै पार्टी एकिकरण गर्ने सहमती भएको बताए । प्रतिनिधिसभाका उमेद्वार तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले नेपालमा राजनितिक स्थिरता कायम गरी विकास र सम्बृद्धीको अभियानलाई सफल बनाउन, राष्ट्रयताको रक्षा र संविधानको पूर्ण कार्यान्वयन गर्न वाम गठबन्धनलाई जिताउनुपर्ने बताए ।आफ्नो गाउँ आफै बनाउँ, सामाजिक सुरक्षा भत्ता, गरिब विपन्नका लागि जनता आवास, लोडसेडीङको अन्त्य गर्ने, ठूला विकासका आयोजनाको सुरुवाट छोटा समय कम्प्युनिष्ट नेताले नेतृत्व गरेको सरकारको पालामा भएको बताउँदै जनपक्षिय काम गर्न एमाले माओवादीका उमेद्वारलाई जिताउनुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका प्रदेशसभा क्षेत्र (क)का उमेद्वार बिनोद केसीले म्याग्दीका बासिन्दाको राज्यले प्रदान गर्ने सेवा सुविधामा पहुँच बढाउने, निती निर्माण तहमा युवाको प्रतिनिधत्वका साथै म्याग्दीमा रहेका प्राकृतिक स्रोत साधनलाई परिचालन गरि रोजगारी सिर्जना गर्न बाम गठबन्धनलाई जिताउनुपर्ने बताए । उम्मेद्वार केसीले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातीक लगायत व्यवस्था ल्याउन माओवादी र एमालेका महत्वपूर्ण योगदान रहेको बताउँदै राजतन्त्र फर्काउने एजेण्डा बोकेकाहरु बाट देशको परिवर्तन, विकास र सम्बृद्धी सम्भव नहुने बताए ।
नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेल र एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले चुनावी तालमेल मात्र नभई पार्टी एकता हुन लागेको र म्याग्दीमा बाम गठबन्धनको जित सुनिश्चित रहेको बताए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले विकासका लागि राजनितिक स्थिरता प्रमुख आधार भएको बताए ।एमालेका वडा कमिटि अध्यक्ष पदमबहादुर रावलको अध्यक्षता, माओवादी केन्द्रका सुवास बिकको सञ्चालन र वडा अध्यक्ष टेकबहादुर रावलको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा स्वतन्त्र बामपन्थी नेता तथा मालीका गाउँपालिका ७ बिमका वडा अध्यक्ष रेशम जुक्जालीले वाम एकता नेपालको आवश्यकता भएको बताए ।