६ जेष्ठ २०८१, आईतवार

 

म विकास र लोकतन्त्रको रक्षाका लागि लागिरहने छु

बाग्लुङ क्षेत्र नम्बर २ प्रदेश सभाका प्रत्यक्ष उम्मेद्वार मञ्जेश बम मल्ल सँगको कुराकानी

बागलुङ जिल्ला क्षेत्र नं २ प्रदेश सभा क मा तपाइँ लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नु भएको छ । तपाइँको उम्मेदवारी नै किन ?

हो, म लोकतान्त्रिक शक्तिहरुको साझा सहमति र सहकार्यमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार भएको हुँ र यसका कारणहरु निम्न छनः
क) देशको लोकतन्त्रको रक्षा गर्नः नेपालमा निरङ्कुश राणातन्त्रको विरुद्ध २००७ सालमा नेपाली काङ्ग्रेसले पहिलो आन्दोलन ग¥यो र राणा शासनको अन्त्य भयो प्रजातन्त्रको स्थापना भयो । २०१७ सालमा राजा महेन्द्रबाट प्रजातन्त्रको हत्या भएपछि निरङ्कुश पञ्चायती व्यवस्थाको सूत्रपात भयो । नेपाली काङ्ग्रेसको नेतृत्वमा २०४६ सालको दोस्रो जनआन्दोलन सफल भयो । पञ्चायती व्यवस्था गयो, प्रजातन्त्रको पुर्नस्थापना भयो । तर देशम अझै कहालीलाग्दो संकटकालीत अवस्थाको सृजना भयो । एउटा दरवार र सरकारका संयुक्त सेना अर्काे जङ्गलको सेना, दुवै थरि सेनाका बन्दुकहरु बहुलाए । देशमा दशांै हजार जनताले ज्यान गुमाए भने लाखांै जनताले त्रासदी पूर्ण जीवन विताउनु प¥यो । देश क्षत विक्षत भयो । यसको समाधान पनि नेपाली कांग्रेसले नै ग¥यो । देशमा गणतन्त्रको स्थापना ग¥यो , नेपालको संविधानको निर्माण ग¥यो । स्थानीय, प्रादेशिक र केन्द्रीय तहको चुनाव पनि सम्पन्न गराउने भयो ।

ख) छिमेकी राष्ट्रहरु सँगको मैत्रीभाव तथा सम्मानजनक सम्बन्धः अहिले विश्वमा प्रजातान्त्रिक देशहरु मानव अधिकार र आर्थिक समृद्धिमा फष्टाउदै आएका छन । जसलाई पहिला “नेटो” ग्रुप भनिन्थ्यो भने कम्युनिष्ट शासन प्रणाली जसलाई पहिला “वासा” ग्रुप भनिन्थ्यो । जसले कार्ल मार्कस र एङ्गेल्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्दछ ।त्यो अहिले ओझेलमा पर्दै गरेको छ । अथवा विश्वमा प्रजातन्त्रको लहर चलेको छ । त्यो वैदेशिक सम्बन्ध प्रगाढ बनाउन ।

ग) राष्ट्रिय एकता फैलाउनः नेपाल जसरी ,हिमाली, पहाड, तराइमा भौगोलिक रुपले विभाजित छ । त्यसै गरी यहाँको जाती, भाषा, धर्म संस्कृति आदि विविध पक्षलाई समेट्दै अनेकतामा एकता भएको देश बनाउन ।

घ) देशको आर्थिक समृद्धि गर्नः सवैभन्दा पहिले पार्टीको औद्योगिक तथा आर्थिक नीति राम्रो हुनु पर्टछ । फराकिलो हुनु पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीको आभार हुनु पर्टछ । जसले गदा्राकृतिक सम्पदा जमिन,जल, जङ्गलको उचित प्रयोग होस् ।उद्योग धन्दाहरु जमिन कलकारखानहरु फष्टाउदै जाउन, देशको जनशक्तिको समुचित प्रयोग होस बेरोजगरी समस्या नपरोस् । आयात–निर्यात बैदेशिक व्यापारमा भुक्तान सन्तुलन अनुकूल होस ।

यहाँ विजयको उच्च मनोवल सहित चुनावी मैदानमा हुनुहुन्छ । आफ्नो विजयलाई सुनिश्चित गर्ने आधारहरु के के हुन ?
म चुनावी अभियानमा विजयको उच्च मनोवलका साथ उभिएको छु ।र पक्कै पनि विजयी हुन्छु । त्यसका आधारहरु यिनी हुनः
क) म लोकतन्त्रमा विश्वास राख्ने जनताको मताधिकारलाई मान्ने पार्टी नेपाली काङ्ग्रेसको उम्मेदवार भएकोले ,
ख) मेरा बाबु बाजे प्रजातन्त्रमा विश्वास राख्ने प्रजातन्त्रका लागि नै शहीद बनेका म शहीदको छोरो, नाति, म प्रति जनताको ठूलो सहानुभूति छ ।
ग) म युवा जुझारु व्यक्ति हुँ ।मैले पृथ्वी माध्यमिक विद्यालयबाट एस.एल.सी. गरेपछि काठमाण्डौबाट उच्च शिक्षा अध्ययन गर्ने क्रममा एकातिर कलेजमा नेपाल विद्यार्थी संघको राजनीति गरे भने अर्काेतिर विभिनन प्रजातान्त्रिक संघहरुमा रहेर २०६२÷०६३ सालको आन्दोलन, बागलुङ टुक्राउन पाइदैन जस्ता आन्दोलनको नेतृत्व गरेर लागेको छु । त्यसैले म प्रति जनताको ठूलो विश्वास छ । त्यसैले मेरो विजय निश्चित छ ।
 यहाँले निर्वाचनमा विजयी भएपछि समृद्ध गलकोटका के कस्ता कार्य गर्ने प्रतिबद्धता गर्नु हुन्छ ?
म विजयी भइसकेपछि समृद्ध गलकोटका लागि यस्ता कार्यहरुमा प्रतिबद्धता गर्दछु ।ः
क) सवैभन्दा ठूलो राष्ट्र र राष्ट्रियता हो, त्यो लोकतन्त्रमा हुन्छ । म लोकतन्त्रका लागि समर्पित हुने छु ।
ख) त्यसपछि समृद्ध गलकोटका लागि स्थानीय सरकार गलकोट नगरपालिका, बडीघा गाउँपालिका, र ताराखोला गाउँपालिकसँग सहकार्य गर्दै यिनीहरुको माध्यमबाट निम्न कार्य गर्ने छु ः
१) शिक्षाः बागलुङ क्षेत्र नं २ क मा एउटा आङ्गिक प्राविधिक शिक्षा सहितको स्नाकोत्तर तहसम्मको क्याम्पस सञ्चालन गर्ने ।
२) तीनवटा स्थानीय निकायहरुमा आवसिय सुविधा सहितको एकएकवटा प्राविधिक नमुना विद्यालय स्थापना गर्ने स
३) दोहोरो शिक्षा प्रणलीको समायोजन गर्न पाठ्यक्रम पाठ्यपुस्तक, अध्ययन अध्यापन विधि शैक्षिक सामग्रीहरुमा एकरुपता ल्याउने ।
४) यहाँ अविरल रुपमा बग्ने विभिन्न नदीनालाहरुबाट जल विद्युत निकाल्ने र बाह्य क्षेत्रमा पठाई यहाँको आम्दानी बढाउने ।
५)कृषि तथा पशुपालनमाा आधुनिकीकरण गरी खाद्यान्न पक्षमा आत्मनिर्भर हुने ।
६) आर्थिक समृद्धिका लागि औद्यिगीकरणलाई प्राथमिकता दिई विदेशजाने युवाहरुलाई यही रोजगारका अवसरहरु सृजन ागर्ने ।
७) यहाँका प्राकृतिक मनोरम स्थलहरु धमर्, संस्कृतिको संरक्षण तथा संबद्र्धन गर्दै पर्यटकीय क्षेत्रको विस्तार गर्न र आन्तरिक बाह्य पर्यटक भित्राउने ।
८) यहाँका विभिन्न डीपीआर मा परेका र नपरेका विभिन्न बाटाहरुलाई छिमेकी जिल्ला जोडने, वडा जोडने, र टोल जोडनेको आधारमा प्राथमिकीकरण गरी पक्की सडकमा लैजाने ।
९) जनस्वास्थ्यलाई मध्यनजर राखी यस क्षेत्रमा भविष्यमा शिषण अस्पताल बन्ने गरी अहिले सामुदायिक अस्पतालको स्थापना गर्ने ।
१०) यस क्षेत्रको समुन्नत विकासका लागि राष्ट्रिय तथा अन्तरनष्ट्रि संघ संगठनसँग सहकार्य गर्दै स्थानीय जनता र सरकारको आवश्यकता अनुरुप संसदीय लोकतन्त्रको जगमा रही समावेशी न्यायपूर्ण, उत्तरदायी , भष्ट्राचाररहित स्वतन्त्र जनमुखी शासन व्यवस्थाका लागि हरपल उत्तरदायी हुने ।

यहाँको विजयका लागि शुभकामना । अन्त्यमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
मेरो चुनाव चिह्न रुखमा मतदान गरी मलाई विजयी गराउनु हुने मेरा आदरणीय जनसमुदायहरुमा “मलाई मतदान गर्नुहोस् म विजयी हुन्छु, तपाइँ ढुक्क हुनुहोस्् । यहाँहरुको दुःख सुखमा म समर्पित हुन्छु ।”

प्रतिक्रिया दिनुहोस्